logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

धादिङमा ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु ८ जना घाइते

धादिङमा ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु ८ जना घाइते


  • आइतबार, बैशाख २ २०८१

  • काठमाडौँ ।  धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित ८ जना घाइते भएका छन् । पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा३ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते हुनेमध्ये ५ जना बालबालिका छन् ।

    नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयले घटनास्थलबाट घाइतेको उद्धार गरी अस्पतालतर्फ पठाएका छन् । घाइते तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय