logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बुद्धचित्तको रुख काटेको घटनामा सोधपुछका लागि एक जना नियन्त्रणमा

बुद्धचित्तको रुख काटेको घटनामा सोधपुछका लागि एक जना नियन्त्रणमा


  • शुक्रबार, चैत्र ३० २०८०

  • काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित नागबेलीमा बुद्धचित्त मालाको रुख काटेको घटना अनुसन्धान गर्न प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । सोधपुछका लागि एकजनालाई नियन्त्रणमा लिइएको काभ्रेकी एसपी बसुन्धरा खड्काले  बताइन् ।

    अज्ञात समूहले मालाको रुख काटेर घरको ढोका र आसपासमा चारवटा सकेट बम राखेर भागेका थिए । घटना अनुसन्धान गर्न प्रहरीले तेमाल गाउँपालिका–६ ठुलोपर्सेल घर भएका मानबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो ।

    गतवर्ष तामाङ सहितको समूहले सो माला किनेका थिए । उनीहरुसँगको सम्झौता सकिएपछि स्थानीय ठाकुरानी तामाङले सो बुद्धचित्तको माला फरक समूहलाई बेच्नेगरी सम्झौता गरेकी थिइन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय