logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

शिक्षामन्त्रीको आग्रह : तत्काल विद्यालय नखोल्नुस्,वैकल्पिक प्रणालीमा जोड दिनुस्

शिक्षामन्त्रीको आग्रह : तत्काल विद्यालय नखोल्नुस्,वैकल्पिक प्रणालीमा जोड दिनुस्


  • शनिबार, असोज १० २०७७

  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।

    शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा मन्त्री पोखरेलले शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गर्नुभयो ।

    उहाँले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप ९सियुजी० मा आबद्ध गराई सञ्चार सहजता बढाइएको बताउनुभयो ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय