logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सन्दीपको मुद्दामा झगडिया झिकाउन उच्च अदालतको आदेश, ३ वैशाखमा पेशी

सन्दीपको मुद्दामा झगडिया झिकाउन उच्च अदालतको आदेश, ३ वैशाखमा पेशी


  • शुक्रबार, चैत्र २३ २०८०

  • काठमाडौँ – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा पाटन उच्च अदालतले झगडिया झिकाउन आदेश दिएको छ। आज पाटन उच्च अदालतमा न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै झगडिया झिकाउन आदेश दिएका हुन्। मुद्दाको अर्को पेशी ३ वैशाखका लागि तोकिएको छ।

    अब सन्दीपको र सरकारी पक्षको पुनरावेदनमा सुनुवाइ सुरु हुनेछ। सम्भवतः अब वैशाख पहिलो साता पेशी हुनेछ। योसँगै अब अदालतमा मुद्दाको ‘पुनरवलोकन’को ढोका खुलेको छ। सन्दीप पक्षका कानुन व्यवसायी सरोजकृष्ण श्रेष्ठले अब जिल्ला अदालतको मुद्दाको पुनरवलोकनको वहस औपचारिक रुपमा उच्च अदालतमा सुरु भएको बताए।

    सन्दीप पक्षका कानुन व्यवसायीले जिल्ला अदालतले प्रचलित मान्यता र न्यायिक सिद्धान्त विपरीत गएर फैसला गरेको भन्दै पुनरवलोकन गर्नुपर्ने बहस गरेका थिए। उनीहरुले फौजदारी अपराधसम्बन्धी सतही फैसलाले दीर्घकालीन असर गर्ने भन्दै न्यायाधीशको ध्यान आकर्षण गरेका थिए। उनीहरुले सन्दीप कानुनी षड्यन्त्रमा परेको भन्दै उनलाई न्याय उच्च अदालते दिने विश्वास व्यक्त गरेका थिए।

    गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै किशोरी नाबालिग रहेको फैसला गर्दै उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो।

    त्यसपछि सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए। सन्दीप उच्च अदालत पुगेलगतै १ चैतमा सरकारी पक्ष पनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगेको छ। अदालतले आजका लागि पेशी तोकेको थियो।


    सम्बन्धित समाचार थप

    लोकप्रिय