logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ठमेलको जुद्धोदय माविको करोडौँको भाडा कसले खाइरहेको छ : रघुजी पन्त

ठमेलको जुद्धोदय माविको करोडौँको भाडा कसले खाइरहेको छ : रघुजी पन्त


  • बुधबार, चैत्र २१ २०८०

  • काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले काठमाडौँको जुद्धोदय माविको करोडौँको भाडा कसले खाइरहेको छ भन्दै काठमाडौँ महानगरपालिका र अख्तियारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले स्थापना गरेको जुद्धोदय माविको अहिले बेहाल भएको बताए ।

    उनले भने– ‘ठमेलमा ठुलो दरबार जत्रो जुद्धोदय स्कुल थियो जहाँ मैले पढेको थिएँ । त्यो बिल्डिङ गयो, त्यसको ठाउँमा नयाँ बिल्डिङ बनायो, कमिसन र ठेक्कामा त्यहाँको हेडमास्टरले बदमासी गरेर अहिले सानो कुनामा स्कुल थन्किएको छ । महिनाको करोडौँको भाडा कसले खाइरहेको छ पत्तो छैन ।’

    उनले त्यसको छानबिनका लागि महानगरपालिकामा निवेदन समेत दिइएको तर अहिलेसम्म छानबिन नभएको बताए । पन्तले भने– ‘ त्यसको छानबिन होस भनेर महानगरपालिकामा पनि निवेदन दिइयो, तर छानबिन भएको छैन । त्यसैले म काठमाडौँ महानगरपालिका, शिक्षा मन्त्रालय, उपत्यका र देशभरिका शैक्षिक संस्थाको जग्गा जसरी लुट भएको छ त्यसको बारेमा गम्भीरतापूर्वक छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गर्दछु ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय