logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

घट्यो सुनको मूल्य , बढ्यो चाँदीको

घट्यो सुनको मूल्य , बढ्यो चाँदीको


  • मंगलबार, चैत्र २० २०८०

  • काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा सुनको मूल्य घटेर कारोबारमा आएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३१ हजार २०० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३१ हजार ६०० रुपैयाँ कायम भएको थियो । हिजो कायम सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३० हजार ५५० रुपैयाँ कायम छ ।

    महासंघले आज चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँको गिरावट आएको जानकारी दिएको छ । यससँगै चाँदीको मूल्य तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १५ सय ३५ रुपैयाँ थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय