logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एकीकृत समाजवादीका एक सांसदका कारण बागमती प्रदेशसभा बैठक प्रभावित

एकीकृत समाजवादीका एक सांसदका कारण बागमती प्रदेशसभा बैठक प्रभावित


  • सोमबार, चैत्र १९ २०८०

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका एक सांसदका कारण बागमती प्रदेशसभाको बैठक प्रभावित बनेको छ । एकीकृत समाजवादीकी सांसद रमा आलेमगर हेटौँडामै नगइदिएपछि बैठक प्रभावित भएको हो । दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अहिले साढे २ बजेसम्म बस्न सकेको छैन ।  केन्द्रीय नेतृत्वले गरेको निर्णयमा असन्तुष्टि जनाउँदै उनी बैठकमै नगएको बताइएको छ ।

    बागमतीमा पार्टीकै नेतृत्वमा सरकार हुनुपर्ने पक्षमा रहेकी उनले त्यो नहुने अवस्था हो भने आफूलाई मन्त्री बनाइनुपर्ने माग गरेकी छन् । सोही माग राखेर उनी बैठकमै नगइदिएपछि समस्या भएको सत्ता गठबन्धनका एक प्रदेशसभा सदस्यले जानकारी दिए । अहिले उनलाई मन्त्री बनाउने आश्वासन दिएर हेटौँडा बोलाइएको छ । एकीकृत समाजवादीका नेताहरुका साथै गठबन्धनका नेताहरुले आवश्वासन दिएपछि उनी काठमाडौँबाट हेटौँडा जाँदै गरेको र उनलाई पर्खिनु परेकै कारण बैठक अहिलेसम्म बस्न नसकेको ती सदस्यको भनाइ छ ।

    आलेले भोट नदिएको अवस्थामा गठबन्धनको पक्षमा बहुमत नपुग्ने अवस्था छ । यता प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले भने दलहरूको आवश्यक तयारी पुरा नभएकाले बैठक समयमा बस्न नसकेको दाबी गरे । उनले दलहरु बैठकमै रहेको र आवश्यक तयारी पुरा हुनासाथ प्रदेशसभा सुरु हुने बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय