logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गृहमन्त्रीले सहकारी पीडितलाई ललिपप खुवाएर घर पठाए : सांसद मिजार

गृहमन्त्रीले सहकारी पीडितलाई ललिपप खुवाएर घर पठाए : सांसद मिजार


  • आइतबार, चैत्र १८ २०८०

  • काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता मिजारले सहकारी पीडितलाई न्याय दिलाउन सरकारले काम गर्न नसकेको बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सहकारी पीडितलाई गृहमन्त्री लामिछानेले आश्वासको ललिपप मात्र खुवाएर घर पठाएको बताइन् ।

    ‘गृहमन्त्रीज्यूले सहकारीबाट ठगीमा ३५ हजार भन्दा बढी सहकारी पीडितलाई न्याय दिलाउने आश्वासनको ललिपप खुवाएर घर पठाउनु भयो । तर सहकारी पीडितलाई न्याय दिलाउने कुरामा यो सरकारले सिन्को बाँचेको छैन,’ सांसद मिजारले भनिन् ।  उनले सहकारी ठगीमा जोडिएका जीबी राईलाई कहिले पक्राउ गर्ने भन्दै गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएकी थिइन् ।  ‘सहकारी ठगी गरेर भागेका जीवी राईलाई तत्काल पक्राउ गर्ने आश्वास दिनु भएको थियो । खै कहिले पक्रेर कारबाहीको दायरामा ल्याउनुहुन्छ रु जीवी राई कहाँ छन् ?,’ उनले भनिन् ।

    गृहमन्त्री लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपमा सरकारी निकायले प्रस्टीकरण दिएर मुक्ति नमिल्ने सांसद मिजारको भनाइ छ । ‘गृहमन्त्रीमाथि लागेको आरोप सरकारी निकायले दिएको स्पस्टीकरणको भरमा उहाँले आरोपबाट उन्मुक्ति पाउने हो ? छानविनको दायरामा आउनु पर्दैन ?,’ उनको प्रश्न छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय