logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

जब कुलदीप यादवले कप्तान ऋषभ पन्तलाई ‘डीआरएस’ का लागि बाध्य पारे

जब कुलदीप यादवले कप्तान ऋषभ पन्तलाई ‘डीआरएस’ का लागि बाध्य पारे


  • शुक्रबार, चैत्र १६ २०८०

  • काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार राति राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच खेल भएको थियो । घरेलु मैदान जयपुरमा खेलिएको उक्त खेलमा राजस्थान रोयल्स १२ रनले विजयी भएको थियो । खेलमा राजस्थान रोयल्सले पहिले ब्याटिङ गरेको थियो । राजस्थानको तेस्रो विकेटका रूपमा जस बट्लर ११ रनको व्यक्तिगत स्कोरमा एलबीडब्लू आउट हुँदै पेभेलियन फर्किएका थिए । खासमा उनलाई सुरुमा अम्पायरले आउट दिएका थिएनन् ।

    त्यसपछि कुलदीपले अम्पायरसँग एलबीडब्लूको अपिल गरेका थिए । तर, अम्पायरले बट्लरलाई नटआउट घोषित गरिदिए । दिल्लीका कप्तान ऋषभ पन्त पनि डिसिजन रिभ्यू सिस्टम (डीआरएस) लिने पक्षमा देखिएका थिएनन् । अर्थात, कप्तान पन्त पनि अम्पायरको निणर्यमा सहमत देखिएका थिए । तर, कुलदीप भने बट्लर एलबीडब्लू आउट भएकोमा ढुक्क थिए । त्यसैले उनी दौडँदै आफ्ना कप्तान ऋषभ पन्तनजिक गए । उनले कप्तान पन्तलाई डीआरएस लिन आग्रह गरे । अझै पनि कप्तान पन्त डीआरएस लिन तयार भएनन् ।

    अन्ततः कुलदीपले बारम्बार डीआरएस लिन आग्रह गरेपछि कप्तान पन्त उनको कुरा मान्न बाध्य भए । डीआरएममा जब मिहिन तरिकाले हेरियो त्यसमा बट्लर एलबीडब्लू आउट भएको स्पष्ट देखियो । त्यसपछि अम्पायरले आफ्नो पहिलेको निर्णय फिर्ता लिँदै बट्लरलाई एलबीडब्लू आउट दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय