logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु

बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु


  • बिहिबार, चैत्र १५ २०८०

  • नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा बिहीबार बिहान नवलपरासीको गौरीगञ्जबाट सुरु भएको छ । स्थानीय चोकमा रहेको बिपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले संवाद यात्रा सुरु गरेका हुन् ।

    यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो । दोस्रो चरणको संवाद यात्रा बिहीबार, शुक्रबार र शनिबार नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने कांग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिए ।

    महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरूका समस्याहरू सुन्ने गरेका छन् । यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरूको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ ।

    थापा नेतृत्वको संवाद यात्रा टोलीले १६ गते नै कपिलवस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगन्जको पालिका कार्यालय हुँदै चन्द्रौटासम्म संवाद गर्नेछ ।

    त्यसैगरी १७ गते बिहान दाङको गोवरडिहामा थारु संवादबाट सुरु हुने संवाद यात्रा जङ्ग्रहवा हुँदै बाँके प्रस्थान गर्नेछ ।

    समुदायमा कांग्रेस अभियान अन्तर्गत महामन्त्री थापाले यो संवाद यात्रालाई निरन्तरता दिएका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय