logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गायक समीर आचार्य र गायिका सिता स्मृतिको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘रातो फेटाले’ सार्वजनिक

गायक समीर आचार्य र गायिका सिता स्मृतिको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘रातो फेटाले’ सार्वजनिक


  • शनिबार, चैत्र १० २०८०

  •  

    काठमाडौँ । गायक समीर आचार्य र गायिका सिता स्मृतिको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘रातो फेटाले’ सार्वजनिक भएको छ । भानुभक्त कटुवालको शब्द रहेको गीतमा संगीत गायक आचार्यले आफैँले दिएका छन् । गीतमा संगीत संयोजन आरके मिलनको छ । एक जोडी युवायुवतीले एक अर्को मन परेको कुरा व्यक्त गरिएको रोमान्टिक शैलीमा तयार गीतको म्युजिक भिडियो पनि बनेको छ ।

    भिडियोमा प्रकाश सोनी, पुष्पा परियार, वेद आचार्य र कल्पना खड्काको अभिनय छ । राजाराम सिम्खडाको कोरियोग्राफी रहेको भिडियोमा विशाल गोङ्वाको छायांकन र रोशन धितालको सम्पादन छ । भिडियोका निर्देशक मिलन श्रेष्ठ हुन् । गायक समीर र गायिका सिता प्रवासमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रलाई माया गर्दै गीत संगीत निकाल्दै आएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय