logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विनोद चौधरीले बयान दिएर बाहिरिँदै भने– स्टन्ट गर्नेहरूलाई चरित्रको सर्टिफिकेट दिइराख्नु पर्दैन

विनोद चौधरीले बयान दिएर बाहिरिँदै भने– स्टन्ट गर्नेहरूलाई चरित्रको सर्टिफिकेट दिइराख्नु पर्दैन


  • बिहिबार, चैत्र ८ २०८०

  • काठमाडौँ । सांसद तथा उद्यमी विनोद चौधरीले बाँसबारी जग्गाबारे राजनीतिकरण भएको गुनासो गरेका छन् । बिहीबार सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा सांसद चौधरीले आफू अनुसन्धानमा सघाउन मौखिक जानकारी गराएपछि आफू सोही अनुसार सरकारी वकिलको कार्यालयमा आएर सहयोग गरेको बताए । स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट दिइराख्नु नपर्ने उनको भनाइ थियो ।

    ‘एउटा जिम्मेवार राजनीतिकर्मी र उद्यमी भएकाले सहयोग गर्न उपस्थित भएँ’, चौधरीले भने, ‘४२ वर्षअघि बाँसबारीजस्तो अनाकण्टार ठाउको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट मोडलमा खडा गरिएको नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो त्यो अत्यन्त दुखलाग्दो छ ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय