logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आफ्नै साथीको हत्या गरी फरार रहेका एक जना २१ वर्षपछि पक्राउ

आफ्नै साथीको हत्या गरी फरार रहेका एक जना २१ वर्षपछि पक्राउ


  • मंगलबार, चैत्र ६ २०८०

  • काठमाडौँ । आफ्नै साथीको हत्या गरी फरार रहेका एक जना २१ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान–४ निवासी ४१ वर्षीय तिखे भन्ने तेजबहादुर राई रहेका छन् ।

    राईले २०५९ साल असोज १४ गते काठमाडौँको मरुढोका इनाटोलस्थित विनोद शाहीको राँगा काट्ने वधशालाभित्र २६ वर्षीय सञ्जय शाहीको हत्या गरेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार राईले शाहीको टाउको र शरीरका विभिन्न भागमा फलामको रडले प्रहार गर्दा उनको मृत्यु भएको थियो ।

    मृत्यु भएपछि शाहीको शवलाई विष्णुमती खेला किनारमा फालेर उनी फरार भएका थिए । उपरीक्षक रेग्मीका अनुसार कार्यालयको टोलीले राईलाई काठमाडौँको कोटेश्वरबाट गत चैत ५ गते पक्राउ गर्न सफल भएको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौँ बुझाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय