logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

इन्डियन वेल्सको उपाधि जोगाए अल्कारेजले

इन्डियन वेल्सको उपाधि जोगाए अल्कारेजले


  • सोमबार, चैत्र ५ २०८०

  • काठमाडौँ । साबिक विजेता स्पेनिस खेलाडी कार्लोस अल्कारेजले इन्डियन वेल्स टेनिस प्रतियोगिताको उपाधि जोगाएका छन् । उनले फाइनलमा रुसी प्रतिद्वन्द्वी ड्यानिल मेदभेदेवलाई सोझो सेटमा हराउँदै उपाधि चुमेका हुन् । अघिल्लो वर्षको फाइनल खेल पनि यी दुई खेलाडीबिच नै भएको हो ।

    २० वर्षीय अल्कारेजले पहिलो सेटको नतिजालाई ७–६ (७–५) ले आफ्नो पक्षमा पारेका थिए । दोस्रो सेटमा भने अल्कारेजले आफ्ना विपक्षीमाथि ६–१ अङ्कको सजिलो जित निकाले । अल्कारेजले गत जुलाईमा ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनको उपाधि जितेयता हात पारेको यो पहिलो ट्रफी हो । उनी लामो समय स्वास्थ्य समस्याका कारण कोर्टबाट बाहिर थिए । गोली गाँठोको चोटका कारणले उनले केही महत्त्वपूर्ण प्रतियोगिता पनि गुमाएका थिए ।

    ‘मेरा लागि यो महत्त्वपूर्ण उपाधि हो । यो उपाधिले मेरो मनोबल पनि बढाएको छ । म इन्डियन वेल्स खेल्न जहिले पनि रमाउँछु,’ उपाधि जितेपछि उनले भनेका छन् । विम्बल्डनका अतिरिक्त उनले अर्को ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनको उपाधि पनि जितेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय