logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काठमाडौँको भृकुटीमण्डपमा जारी पुष्प मेलामा ८३ लाख ७० हजार रुपैयाँ कारोबार

काठमाडौँको भृकुटीमण्डपमा जारी पुष्प मेलामा ८३ लाख ७० हजार रुपैयाँ कारोबार


  • आइतबार, चैत्र ४ २०८०

  • काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी पुष्प मेलाको ४० हजार भन्दा बढीले अवलोकन गरेका छन् । गत बिहीबारबाट सुरु भएको २५ औँ फ्लोरा एक्पोमा करिब ८३ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का कार्यक्रम संयोजक जंग बहादुर तामाङले बताए ।

    आज साँझसम्म जारी रहने सो फ्लोरा एक्स्पोको ५० हजारले अवलोकन गर्ने अनुमान छ । चार दिनमा करिब एक करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ । फ्यानको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा सो मेला आयोजना गरिएको हो ।

    मेला अवलोकनकर्ताले सर्वसाधारणले १५० रुपैयाँ र विद्यार्थीले १०० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजकले उल्लेख छ । सो मेलामा फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ६० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा , अफिसियल स्टल ८ वटा,  प्रतियोगितात्मक प्रदर्शनी १ स्टल र १ वटा फुड स्टलसहित जम्मा ७३ वटा स्टल रहने फ्यान उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय