logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

महानगरको ज्यादतीविरुद्ध पत्रकारहरू ६ दिनदेखि रिले अनसनमा

महानगरको ज्यादतीविरुद्ध पत्रकारहरू ६ दिनदेखि रिले अनसनमा


  • आइतबार, चैत्र ४ २०८०

  • काठमाडौँ । काठमाडौँको सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबिच भएको झडपका क्रममा रिपोर्टिङको क्रममा महानगरको प्रहरीको कुटपिटबाट घाइते  पत्रकारको न्यायका लागि विगत ६  दिनदेखि राष्ट्रिय सभागृहमा अनसन जारी छ ।

    प्राणमञ्च मासिक तथा प्राणमञ्च अनलाइनका प्रधान सम्पादकसमेत रहेका पदम प्रसाद पोख्रेलमाथि महानगर प्रहरीले गरेको कुटपिट, ज्यादती र सञ्चार सामाग्री जफतको विषयमा नेपाल श्रमजीवी पत्रकार संघको अगुवाइमा मंगलबारदेखि रिले अनसन सुरु गरिएको हो । पीडित पोख्रेललाई न्याय र क्षतिपूर्तिको लागि श्रमजीवी पत्रकार संघको अगुवाइमा सो कार्यक्रम गरिएको र न्याय प्राप्ति नहुँदासम्म अनसन जारी रहने संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताए ।

    गत सोमबारबाट महानगर प्रमुख बालेन्द्र शाहको कार्यकक्ष रहेको राष्ट्रिय सभागृहको मुलगेटमा अनसन बस्दा पनि महानगरपालिका बेखबर रहनु र नेपाल पत्रकार महासंघले पनि उदासीनता देखाउनु निकै दुखद भएको पीडित पदम पोख्रेलले गुनासो गरे । घटना भएको तीन साता पुग्दा पनि महानगर प्रशासनको गैरजिम्मेवारी विरुद्ध रिले अनसन थालिएको र न्याय प्राप्ति नहुँदासम्म अनसन जारी रहने श्रमजीवी पत्रकार संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय