logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चैत्र ४ गते पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

चैत्र ४ गते पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी


  • शनिबार, चैत्र ३ २०८०

  • काठमाडौं- पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्।

    उनले चैत्र ४ गते आईतवार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए। पर्यटकीय राजधानी घोषणा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने मेयर आचार्यले बताए। पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा बसुन्धानरा पार्कदेखि विभिन्न झाँकीसहितको र्‍याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणासभा हुने बताए।

    पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहायेग पुग्ने बताए। पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने हेतुले आगामी बजेटलाई केन्द्रित गरेर पनि छलफल गर्न सुरु गरिएको बताए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय