logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कांग्रेस सांसद्ले गरे प्रतिनिधिसभा बैठक अवरुद्ध

कांग्रेस सांसद्ले गरे प्रतिनिधिसभा बैठक अवरुद्ध


  • शुक्रबार, चैत्र २ २०८०

  • काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।  शुक्रबारको प्रतिनिधिसभा बैठकमा सहकारी समस्या र गृहमन्त्रीबारे उठेका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै कांग्रेस सांसद्हरुले संसद बैठक चल्न नदिएका हुन् । शुक्रबार दिउँसो राजनीतिक दलसम्बन्धि प्रस्ताव पेश गर्न सभामुखले गृहमन्त्री रवि लामिछानेलाई समय दिएलगत्तै कांग्रेस सांसदहरु उठेर विरोध गरेका थिए ।

    त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद राजेन्द्र केसीलाई बोल्न समय दिएका थिए । केसीले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्रीबारे सरकारको जवाफ नआएकाले बैठक चल्न नसक्ने बताएका थिए ।

    सभामुखले उठेर विरोध गरेका सांसद्हरुलाई बस्न आग्रह गरेपनि सांसद्हरु नबसेकै बेला सभामुख घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । पाण्डेलाई बोल्न दिएपछि कांग्रेस सांसद्हरुले पुन विरोध गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय