logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सहवीर स्मृति लन टेनिस चैत ४ गतेदेखि

सहवीर स्मृति लन टेनिस चैत ४ गतेदेखि


  • शुक्रबार, चैत्र २ २०८०

  • काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबद्वारा आयोजित ‘१२ औँ सहवीर स्मृति लन टेनिस प्रतियोगिता–२०८०’ चैत ४ गते सुरु हुने भएको छ । प्रतियोगिता चैत ९ गतेसम्म सञ्चालन हुने एपीएफले जनाएको छ । प्रतियोगिताका खेलहरु आईटीएफ र एनटीएको नियमअनुसार सञ्चालन गरिने छ । प्रतियोगितामा विभिन्न ११ वटा स्पर्धा समावेश गरिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी पाँच लाख २७ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

    प्रतियोगिताका खेलहरु नेपाल एपीएफ क्लवको टेनिस कोर्ट र दशरथ रंगशालास्थित काठमाडौं जिल्ला टेनिस संघको कोर्टमा सञ्चालन हुनेछ । आयोजकका अनुसार, प्रतियोगितामा सहभागी हुन कम्तीमा १४ बर्ष पुरा भएको हुनुपर्नेछ र कुनै पनि खेलाडीले दुईभन्दा बढी स्पर्धामा भाग लिन पाउने छैनन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय