logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्यका लागि पत्राचार

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्यका लागि पत्राचार


  • बिहिबार, चैत्र १ २०८०

  • काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्यका लागि प्रदेश  प्रमुखलाई पत्राचार  गरेको छ । तीन दिन मात्रै चलेको तेस्रो अधिवेशन अन्त्य गर्ने अवस्थामा प्रदेश सरकार पुगेको  हो ।  राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनी प्रदेश सरकारले  चैत ४ गतेलाई बोलाइएको अधिवेशन अन्त्य गर्नका लागि  प्रदेश  प्रमुखलाई पत्राचार गरेको हो ।

    सदनलाई बिजनेस दिन नसक्दा सरकार अधिवेशन अन्त्य गर्ने अवस्थामा पुगेको गृहमन्त्री सन्तोष पाण्डेले  बताए । उनले अहिले अधिवेशन अन्त्य गरे पनि बदलिँदो समीकरणले विश्वासको मत लिनुपर्ने भएकोले फेरि अधिवेशन आह्वान हुने बताए । फागुन ३० गते लेखिएको पत्र चैत १ गते प्राप्त भएकाले चैत १ कै मितिको पत्र पठाउन भन्दै प्रदेश प्रमुखको कार्यालयले पत्र फिर्ता पठाएको थियो ।

    प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भुमिश्वर ढकालले सोही अनुसार पत्र आज  आएको तर कुनै कारबाही नभएको  बताए । उनले संविधानअनुसार कारबाहीको प्रक्रियामा रहेको जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय