logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरुलाई न्याय दिने प्रक्रिया कमजोर बनाउन नहुने बताए

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरुलाई न्याय दिने प्रक्रिया कमजोर बनाउन नहुने बताए


  • बुधबार, फाल्गुन २३ २०८०

  • काठमाडौँ । निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरुलाई न्याय दिने प्रक्रिया कमजोर बनाउन नहुने बताएका छन् । बुधबार गृह मन्त्रालयबाट बिदाइ हुँदै निवर्तमान मन्त्री श्रेष्ठले आफूले मिटरब्याजी पीडितहरुलाई न्याय दिनको निम्ति सकारात्मक भुमिका खेलेको बताएका हुन् ।

    उनले आयोग र कानुन बनाउँदै सरकार अगाडि बढेको भन्दै पछि सबै उजुरीहरु जिल्ला प्रहरी कार्यालयमा पठाएर काम अगाडि बढाइएको बताए ।उनले कतिपय प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीलाई मिटरब्याजी सम्बन्धी काममा राम्रो नगरेका कारण सरुवा समेत गरेको बताए । उनले यो कामलाई फत्ते गर्नैपर्ने भन्दै अर्को मन्त्री आउँदा प्रक्रिया कमजोर नहोस् भनी सचेत हुन पनि बताए ।

    उनले पीडितलाई न्याय दिने काम निरन्तर रुपमा अगाडि बढाउनुपर्ने बताए ।मन्त्री श्रेष्ठले संघीयता र प्रहरी समायोजन नगर्ने कुरा साथसाथै जान नसक्ने भन्दै प्रहरी समायोजन गर्नुपर्नेमा जोड दिए । उनले बुद्धिमता ढंगले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए


    सम्बन्धित समाचार थप

    लोकप्रिय