logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु


  • शनिबार, फाल्गुन १९ २०८०

  • काठमाडौँ । सुनसरीको बर्जु गाउँपालिका–६ मा पर्ने हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा २२ वर्षीय नीरज उरावको मृत्यु भएको हो ।

    दुर्घटनामा मोटरसाइकल चालक देवानगन्ज–७ का २० वर्षीय जयकुमार उराव, पछाडि बसेका २९ वर्षीय मनोजकुमार उराव घाइते भएका छन् । उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा नीरजको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुई जनाको उपचार भइरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय