logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

संक्रमणकालिन न्यायसम्बन्धि विधेयक एक हप्ता भित्र टुंगो लगाउन रमेश लेखकको प्रस्ताव

संक्रमणकालिन न्यायसम्बन्धि विधेयक एक हप्ता भित्र टुंगो लगाउन रमेश लेखकको प्रस्ताव


  • शुक्रबार, फाल्गुन ११ २०८०

  • काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुङ्गोमा पुर्याउन कानून, न्याय तथा मानव अधिकार समितिलाई आग्रह गरेका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको शुक्रवार बसेको बैठकमा उनले पीडित, नागरिक समाज र सञ्चारमाध्यमको दबाबलाई समेत ख्याल गरेर यो विधेयक फागुन १९ गते भित्र टुङ्गो लगाई सक्नुपर्ने प्रस्ताव गरेका हुन् ।

    प्रमुख सचेतक लेखकले सो विधेयकमा १÷२ विषय मात्रै सहमति हुन बाँकी रहेकाले एक पटक बैठकमा छलफल गरी टुङ्ग्याउने प्रयास गर्ने र नभए त्यसलाई संसद्को पूर्ण बैठकले टुङ्गो लगाउने गरी संसद्मा पठाउन ढिलाइ गर्न नहुने बताए । ‘पीडितहरूको पीडाको विषय छ ।

    त्यसैले सङ्क्रमणकालीन न्यायका बारेमा एउटा तिथि मिति तोकिदिऊ’, उनले भने, ‘धेरै कुरामा असहमति हुने कुरा देख्दिनँ म’, उनले भने, ‘एउटा मिति तोकौँ । त्यो मिति फागुन १५ गते पनि हुन सक्छ । अलि बढी चाहियो भने पनि १८, १९ गते भन्दा उता नजाने गरी मिति तोकाै‌ ।’उनले अब पनि सहमति नभए प्रक्रियामा लगेर भएपनि टुङ्ग्याउनुपर्ने बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय