
चिनकी नायिकाले नेपालको भ्रमण वर्ष सफल बनाउन थालेको कदमको उच्च प्रशंसा गरिएको थियो । नायिका Xu Qing ले Annapurna Base Camp बाट Visit Nepal 2020 को प्रोमोशनकालागि सुट गरेको तस्विरपनि भाइरल नै थियो ।वहॉंलाई नेपालले Goodwill Ambassador को ज़िम्मेवारी दिनुको कारण नै नेपाल भ्रमण वर्ष २०२० लाई व्यापक बनाउनकैलागि थियो । चिनमा नेपाल घुम्न जानुपर्छ भनेर सवैलाई जानकारी गराउने ज़िम्मेवारी पाएकालेपनि वहॉंले नेपालबारे चिन्ता जाहेर हर्नु , न्यानो मायॉं देखाउनु र चिनिया मारिकलाई आकर्षित गर्नु स्वभाविक पक्षपनि हो ।उनमा नेपालप्रतिको मायॉं प्रगाढ़ देखिन्छ । केहि समय अगाडी चनका राष्ट्रपति सी नेपाल आउदा जुन दृष्य र नेपावीहरुप्रतिको आत्मीयता देखियो , यसले एउटै कुराको झल्को दिन्छ की छिमेकी भारतभन्दा चिन धेरै गुणाले नेपालको मिलनसार मित्र हो ।
लेखक — एचबी ताम्राकार
चिनसंग नेपालप्रतिको कुनै स्वार्थ देखिदैन् । भारत र चितप्रतिको नेपालको स्पष्ट निति हुने हो भने नेपालले धेरै फाईदा लिन सक्छ ।अब कुरा गरौ नेपाल भ्रमण वर्ष २०२० को । नेपालकालागि चिनकी महामहिम राजदुत होउ यान्छी को नेपालप्रतिको मोह देखेर केहि लेख्न मन जाग्यो ।त्यसैले महामहिम राजदुतले ट्वीटरमा अपडेट गरेको विचार भन्दा ति चारवटा सुन्दर तस्विरहरु , पछाडीको मनमोहक दृष्य , एतिहासिक ठाउ र हाम्रो नेपालको धरोहरको संरक्षण गरेकोप्रति मनले केहि त लेख भनेर मलाई दिशानिर्देश गरेको हो । राजदुत होउ यान्छीले सार्वजनिक गरेका ४ वटा तस्विरहरु Patan Darbar Square मा क़ैद गरिएका हुन् ।वहॉंले फोटोहरु सार्वजनिक गर्दै लेख्नुहुन्छ— “True beauty always the deep heart. Beautiful Nepal with history, diversity and nature deserves a visit. Wish #VisitNepal2020 successful!
२०२० नेपाल भ्रमाण वर्ष सफलताको शुभकामना !” अन्य देशका राजदुतहरुपनि छन् । भारतिय राजदुत र चिनका राजदुत बिच पहिलेपहिले एक प्रकारको प्रतिस्पर्धापनि देखिन्थ्यो र अझैपनि निरन्तर छ । आफ्नो देशको हितकालागि नेपालमा गरिने ति सस्ता हर्कतको हामी नेपालीले सधै विरोध गर्दै आइरहेका छौ । नेपाललाई सहयोगको नाममा नेपाली राजनीतिज्ञहरुको हातनै बाधिदिने र केहि व्यक्तित्व हरु विदेशी दलालको रुपमा काम गर्ने प्रबृतिको विरोध हामीले गरिरहेका छौ र यो निरन्तर जारी रहनेछ । तर , नेपालको आन्तरिक शक्तिमा खलल नपुग्ने गरी विदेशी प्रमुखहरुले सहयोग र समर्थन गरे भने हृदयदेखी नै स्वागतपनि गर्नुपर्छ । महामहिम राजदुत होउ ले खिचेका यि तस्विरहरुमा नेपालित्व झल्किन्छ ।
नेपालप्रतिको प्रगाढ़ मायॉं देखिन्छ । चिनिया पर्यटन हरुको नेपाल प्रतिको सोचमा परिवर्तन होस भन्ने देखिन्छ । नेपाल सुन्दर अनि सान्त छ , जहॉं खुलेर रमाईलो गर्न सकिन्छ भन्ने संदेश दिन खोजिएको छ ।नेपालकालागि चिनिया राजदुत आफु स्वयम प्रयटकिय स्थलबाट सामान्य नागरिक सरह फ़ोटो खिचेर आफ्ना देशका नागरिकलाई जानकारी गराउनु सामान्य विषय नभएकाले नेपाल र नेपालको आखॉंमा वहॉं धन्यवाद को पात्र हुनुहुन्छ । नेपालमा अन्य देशका राजदुतहरुपनि छन् । कोहि मनैदेखी बाहिर निस्के त ? अवस्य निस्कनु भएन् । शुभकामना दिनु भयो । तर , नेपालीहरुको मनमा छोटो समयमा बस्न सफल होउ यान्छीको यो पछिल्लो कदमको कभरेज चिनका चिरपरिचित मिडियाहरुलेपनि गरेको छ । नेपालमा यस बारे चर्चा त हुने नै भयो । सलाम छ महामहिम सुन्दर राजदुत होउ यान्छीलाई ।
जय देश , जय स्वाभिमान