logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रास्वपाको सुझावपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने– सहकारी पीडितलाई न्याय दिन म आफैँ सक्रिय छु

रास्वपाको सुझावपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने– सहकारी पीडितलाई न्याय दिन म आफैँ सक्रिय छु


  • मंगलबार, फाल्गुन १ २०८०

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन् । मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

    भेटमा प्रधानमन्त्रीले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईँहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुङ्गाउन चाहन्छु, यसमा तपाईँहरूको पनि सहयोग चाहियो।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय