logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

गृह मन्त्रालयले भन्यो– फागुन १ मा सार्वजनिक बिदा छैन

गृह मन्त्रालयले भन्यो– फागुन १ मा सार्वजनिक बिदा छैन


  • सोमबार, माघ २९ २०८०

  • काठमाडौँ । गृह मन्त्रालयले फागुन १ मा (भोली) सार्वजनिक बिदा नरहेको जानकारी स्पष्ट पारेको छ ।  मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलि (फागुन १) को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो ।

    गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाइएको छ । यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेपछि परेको मुद्दामा सर्वोच्चले उक्त दिनको बिदा खारेज गर्न परमादेश दिएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय