logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दुधकोशी खबरका रमन वन माथी हातपात, दोषीलाई कारबाही गर्न दशनामी समाजको माग

दुधकोशी खबरका रमन वन माथी हातपात, दोषीलाई कारबाही गर्न दशनामी समाजको माग


  • आइतबार, माघ २८ २०८०

  • काठमाडौँ ।  सोलुखुम्बुमा भिडियो सम्प्रेषण गर्दा नेपाल दशनामी समाज सोलुखुम्बुका सचिव दुधकोशी खबरका रमन वन माथि  हातपात गरेको प्रति दशनामी समाज सोलुखुम्बुले आपत्ति जनाएको छ ।
    ल्होसारको अवसरमा सल्लेरिमा आयोजित कार्यक्रममा भएको झगडाको भिडियो कैद गरि भिडियो सामाग्री सम्प्रेषण गर्दा दुधकोशी खबरमा कार्यरत पत्रकार रमन वनलाई सोलुदुधकुण्ड नगरपालिका – ५ का वडाध्यक्ष मिङ्मार तामाङ सहित आएको ५-७ जनाको समुहले सनिबार रातको ९:३० बजेको समयमा हातपात गरेको घटना निन्दनीय भएको दशनामी समाजले जनाएको हो ।

    समयमा नै घटनाको छानबिन तथा कानुनी प्रक्रिया अगाडी नबढेको खण्डमा नेपाल नेपाल दशनामी समाज सोलुखुम्बुले आफ्नो प्रक्रिया अगाडि बढाउने समाजका अध्यक्ष विकास भारतीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
    सांघातिक आक्रमणबाट रमन वनको शरिरका विभिन्न भागमा निल, डाम, घाउ, चोट लागेको छ । चित्त नबुझेको खण्डमा कानुनी प्रक्रियामा जान सकिने भएपनि हातपात गर्नु निन्दनीय विषय भएको भन्दै सत्य तथ्य छानविन गर्न माग गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय