logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ड्युटी सकेर डेरा फर्किन लाग्दा प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु

ड्युटी सकेर डेरा फर्किन लाग्दा प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु


  • शुक्रबार, माघ २६ २०८०

  • काठमाडौँ । काठमाडौँको चन्द्र्रागिरी नगरपालिका–११ स्थित सिप्रदी बल्खु पुलमा प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी प्रभाग बलम्बुमा कार्यरत सहायक हवल्दार हेमराज एलजीको उपचारको क्रममा सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो । बिहीबार राति सवा ११ बजे प्रहरीको बा.१ झ ७४१८ नम्बरको भ्यानबाट उनी सड्कमा खसेका हुन् ।

    भ्यानको पछाडी बसेका हेमराज ओर्लने क्रममा लडेर टाउकोमा चोट लागेको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले  बताए । एआईजी थापाले भने–‘घटनाबारे छानबिन हुँदैछ ।’ सतुंगल नजिकैको डेरामा जाने बेलामा ओर्लने क्रममा उनी भ्यानबाट खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । हेमराज भ्यानको पछाडीको भागमा सवार थिए ।

    प्रहरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ । भ्यानको चालक सहायक हवल्दार रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । स्रोतकाअनुसार बलम्बुका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ र सवारी चालकका बिचमा केही दिनदेखि विवाद भइरहेको थियो । मृतक सहायक हवल्दार सुर्खेत गुर्भाकोट नगरपालिका–१२ सुवाकोटका स्थानीय हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय