logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

महिलाको खातामा पैसा नदेखेपछि लुटेराले फिर्ता गरे लुटेको पैसा, भिडियो भयो भाइरल

महिलाको खातामा पैसा नदेखेपछि लुटेराले फिर्ता गरे लुटेको पैसा, भिडियो भयो भाइरल


  • बिहिबार, फाल्गुन ३० २०७५

  • महिलालाई एटिएममा लुटेको सबै पैसा फिर्ता दिएको अनौठो घटना बाहिरिएको छ। भिडियो सामाजिक संजालमा भाइरल भएपछि केही मानिसहरुले लुटेराको प्रशंशा गरेका छन् । यो घटना चीनको हेयुआन शहरको हो । भाइरल सिसिटिभी भिडियोमा देख्न सकिन्छ कि एक महिला आइसीबीसी बैंकको एटिएमबाट पैसा निकाल्दै छिन् ।

    जब एटिएम मेसिनबाट नोट बाहिर निस्किन्छ एक लुटेर त्यहाँ आउँछन् । लुटेराले महिलालाई चक्कु देखाएर सबै पैसा लिन्छन् । मिडिया रिपोर्टका अनुसार महिलाको पूरा नाम खुलाइएको छेन । उनको थर लाई बताइएको छ । रिपोर्टका अनुसार महिलाले डराएर आफूले झिकेको २५०० युआन सबै लुटेरालाई दिन्छिन् । लुटेरा यत्तिमै रोकिँदैनन् । उनले महिलालाई उनको खातामा अरु कति पैसा छ भनेर हेर्न पठाउँछन् । लुटेराले एटिएम मेसिनमा देख्छन् कि महिलाको खातामा पैसा बाँकी नै छैन । यो देखेर लुटेराले हाँस्दै महिलालाई उनको पैसा फिर्ता दिन्छन् ।

    हेर्नुहोस् भिडियो :

    NEWS BY SHITALNEWS.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय