logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रधानमन्त्री र मन्त्री कति पटक हुने, निर्धारण गरौँः सांसद देवकोटा

प्रधानमन्त्री र मन्त्री कति पटक हुने, निर्धारण गरौँः सांसद देवकोटा


  • बुधबार, माघ २४ २०८०

  • काठमाडौँ – राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालमा प्रधानमन्त्री र मन्त्री कति पटक हुने भन्ने कुरा निर्धारण हुन जरुरी रहेको बताएका छन्।राष्ट्रिय सभाको बुधवार बसेको बैठकमा उनले कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री भन्ने कुरा निर्धारण हुन जरुरी रहेको बताए।

    उनले नेताहरूले नेपाललाई स्विट्जरल्यान्ड बनाउँछु भने पनि सोअनुसार काम हुन नसकेको बताए।उनले नेपालको भन्दा २२ गुणा धेरै जिडिपी र प्रतिव्यक्ति आय नेपालको भन्दा ७६ गुणा बढी स्विट्जरल्यान्डको रहेको बताए । उनले नेपालको राजनीतिमा शुद्धीकरण हुन नसकेको बताए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय