logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ


  • सोमबार, माघ २२ २०८०

  • काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।  २९ वर्षीय चु बिङचाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

    चाईना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा डलर फेला परेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय