logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रेमिका सन्ध्यासँग कोशिसले कसे लगनगाँठो

प्रेमिका सन्ध्यासँग कोशिसले कसे लगनगाँठो


  • आइतबार, माघ २१ २०८०

  • काठमाडौँ । अभिनेता तथा गायक कोशिस क्षेत्री विवाहवन्धनमा बाँधिएका छन् । हेटौँडा स्थायी घर भएका कोशिसले हेटौँडाकै सन्ध्या ढुंगानासँग विवाह गरेका हुन् । उनीहरुबिच गत माघ १७ गते विवाह भएको हो । कोशिसले एक वर्ष पहिले सन्ध्यासँग इन्गेजमेन्ट गरेका थिए । विवाहमा सिमित पारिवारिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    उनीहरुले आठ वर्ष बढी लामो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । सन्ध्याले मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् ।गायन हुँदै अभिनयमा प्रवेश गरेका कोशिसले ‘मोक्ष‘ सिनेमामा उत्कृष्ट काम गरेको भन्दै तारिफ पाएका थिए । यो वर्ष उनी अभिनित ‘ऐंचोपैचो‘ तथा ‘परस्त्री‘ सिनेमा रिलिज भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय