logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर, एक वर्ष कैद

उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर, एक वर्ष कैद


  • शनिबार, माघ २० २०८०

  • काठमाडौं- विशेष अदालतले घुस रकमसहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार उक्त प्रकरणमा रंगेहात पक्राउ परेका नेपाललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो।

    अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार इजलासले नेपाललाई एक वर्ष कैद सजाय र रु छ लाख जरिवाना हुने फैसला सुनाएको हो।नेपालसँगै प्रतिवादी बनाइएका बिबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले भने सफाइ पाएका छन्। बिबी एयरवेजको इजाजतपत्र नवीकरणका लागि नेपालले रु १६ लाख घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धानको ठहर थियो।

    बिबी एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाई घुस नभई सापटी दिएको बयान दिएका थिए।उपसचिव नेपाल २०७९ साउन १७ गते नागपोखरीस्थित होटल अरण्यको परिसरबाट साढे रु २२ लाख घुस रकमसहित पक्राउ परेका थिए।पर्यटन मन्त्रालयमा कार्यरत उपसचिव नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका ‘गोल्ड मेडलिष्ट’ हुन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय