logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रधान सेनापति शर्मा तथा बेलायती सेना प्रमुखबिच भेटवार्ता

प्रधान सेनापति शर्मा तथा बेलायती सेना प्रमुखबिच भेटवार्ता


  • मंगलबार, माघ १६ २०८०

  • काठमाडौँ ।  प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त अधिराज्य बेलायतका सेना प्रमुख General Sir Patrick Sanders, KCB, CBE DSO ADC GEN बिच भेटवार्ता भएको छ ।मंगलबार जङ्गी अड्डामा सम्पन्न शिष्टाचार भेटघाटमा नेपाल र संयुक्त अधिराज्य बेलायत बिच सदियौँदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेना बिच रही आएको सुमधुर सम्बन्ध लगायत आपसी चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    शिष्टाचार भेटघाट अघि बेलायतका सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । यही माघ १५ गतेदेखि २० गतेसम्म नेपाल भ्रमणमा रहेका  बेलायतका सेना प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १५ गते बलाधिकृत रथी अशोकराज सिग्देलले स्वागत गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय