logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

हिमाली जिल्ला हुम्लाको हवाई सेवा अवरुद्ध

हिमाली जिल्ला हुम्लाको हवाई सेवा अवरुद्ध


  • बुधबार, माघ १० २०८०

  • काठमाडौँ । हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको छ। बिहान नेपालगञ्ज विमानस्थलमा बाक्लो हुस्सु लाग्नु र दिउँसो सिमकोटमा हावा लाग्ने भएका कारण हवाई सेवा अवरुद्ध हुँदै आएको हो।

    दुई दिनयता सिमकोट विमानस्थलमा हवाई सेवा अवरुद्ध हुँदै आएको उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीले बताए। हवाई सेवा अवरुद्ध भएपछि सिमकोट विमानस्थलमा यात्रुको चाप बढिरहेको छ। सडक यातायात नजोडिएका कारण हवाई मार्गबाट यात्रा गर्नुपर्ने माथिल्लो हुम्लाका यात्रुलाई बाध्यता छ।बिहानभरि नेपालमा बाक्लो हुस्सु र कुहिरो लाग्नु, दिउँसो बाह्र, एक बजेपछि सिमकोट विमानस्थलमा हावा लाग्ने भएकाले हवाई सेवा अवरुद्ध हुँदै आएको सिमकोट विमानस्थलले जनाएको छ।

    यसबाट नेपालगञ्ज र सुर्खेतबाट सिमकोट आउने यात्रु र सिमकोटबाट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु मर्कामा परेका छन्। दुई दिनयता नेपालगञ्जबाट सीता, समिट र तारा एयरका जहाजले सिमकोटका लागि उडान भर्ने तयारी गरे पनि त्यो सम्भव हुन सकेको छैन।


    सम्बन्धित समाचार थप

    लोकप्रिय