logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

५३ तोला चाँदीसहित बाराबाट दुई जना पक्राउ

५३ तोला चाँदीसहित बाराबाट दुई जना पक्राउ


  • मंगलबार, माघ ९ २०८०

  • काठमाडौँ । बारामा ५३ तोला चाँदीसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा गरेको जाँचमा पथलैयाबाट दुई जनालाई पक्राउ गरेको हो । बारा प्रहरीले धरान उपमहानगर वडा नम्बर ५ बस्ने गुजराज विक र सुनसरीको इटहरी नगरपालिका बस्ने बद्री विकलाई पक्राउ गरेको छ ।

    वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेशको ०२–०२७ प १८५१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा फर्जी बिल भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।  चाँदीका लकेट २२ थान, औँठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान गरी ५३ तोला चाँदीसहित उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए । पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जनायो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय