logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बेहोस भएपछि अस्पताल पुर्‍याइएका ग्लेन म्याक्सवेलको घटनाबारे क्रिकेट अस्ट्रेलियाले अनुसन्धान गर्दै

बेहोस भएपछि अस्पताल पुर्‍याइएका ग्लेन म्याक्सवेलको घटनाबारे क्रिकेट अस्ट्रेलियाले अनुसन्धान गर्दै


  • मंगलबार, माघ ९ २०८०

  • काठमाडौँ । क्रिकेट अस्ट्रेलियाले आफ्ना प्रभावशाली अलराउन्डर ग्लेन म्याक्सवेल संलग्न रहेको घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । सिड्नी मर्निङ हेराल्डका अनुसार, ३५ वर्षीय म्याक्सवेललाई लडेर बेहोस भएको अवस्थामा उपचारका लागि अस्पताल पु-याइएको थियो ।

    समाचारमा जनाइए अनुसार, उक्त घटना जनवरी १९ तारिखमा एडलेइडमा भएको थियो । उनी एडलेइटमा भएको एउटा साङ्गीतिक कार्यक्रममा भएका थिए । सोही कार्यक्रमका क्रममा म्याक्सवेल बेहोर भएर लडेका थिए ।म्याक्सवेलसँगै त्यो साङ्गीतिक कार्यक्रममा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्रेट ली र शेन ली पनि उपस्थिति थिए । यसका अतिरिक्त उनीहरूसँगै वेस्ट इन्डिजका केही खेलाडी पनि उक्त कार्यक्रममा सहभागी भएको दाबी समाचारमा गरिएको छ । म्याक्सवेलले मदिरा सेवन गरेको दाबी पनि गरिएको छ ।

    म्याक्सवेल दिउँसो गल्फको एक कार्यक्रममा सहभागी भएर साङ्गीतिक कार्यक्रममा पुगेका थिए । वेस्ट इन्डिजविरुद्धको पछिल्लो एक दिवसीय खेलका लागि म्याक्सवेललाई टोलीमा समावेश गरिएको थिएन । ‘क्रिकेट अस्ट्रेलियाले उक्त घटनाको छानबिन गरिरहेको छ । म्याक्सवेल त्यहाँ कसरी पुगे भन्ने कुरा पनि हाम्रा लागि चासोको विषय बनेको छ,’ क्रिकेट अस्ट्रेलियाले मंगलबार भनेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय