logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, जनकपुरमा सवा लाख दीप प्रज्वलनको तयारी

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, जनकपुरमा सवा लाख दीप प्रज्वलनको तयारी


  • सोमबार, माघ ८ २०८०

  • काठमाडौँ । भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको खुशीयालीमा आज जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदैछ । दीप प्रज्वलन कार्यक्रमका लागि जनकपुरमा भव्य तयारी गरिएको छ । जनकपुर मन्दिर परिसरलाई फूल र मालाले सजाइएको छ । साथै मन्दिर परिसरमा दीप प्रज्वलनका लागि दियो ठिक पारिएको छ ।

    मन्दिर परिसरमा फूलले जय श्रीराम लेखिएको आकर्षक दृश्य देख्न सकिन्छ । परिसरमा फूलबाट नै धनुष र रामको चित्र बनाइएको छ । अयोध्यामा १८ अर्ब भन्दा बढीमा राम मन्दिर बनेको हो । कार्यक्रममा सहभागी हुन नेपालबाट पनि वैदिक सत्य सनातन हिन्दुधर्मावलम्वीहरुको सहभागिता रहेको छ । प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधाम लगायतका विभिन्न स्थानमा दीपावली मनाउने कार्यक्रम रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय