logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पालिकाहरूले खेलाडीहरूका लागि बजेट छुट्टाउनुपर्छ : सभापति बानियाँ

पालिकाहरूले खेलाडीहरूका लागि बजेट छुट्टाउनुपर्छ : सभापति बानियाँ


  • आइतबार, माघ ७ २०८०

  • काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले खेलाडीहरूको सम्मानका लागि केही रकम पालिकाहरूले छुट्टाउनु पर्ने बताएका छन् । आइतबार ललितपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा सभापति बानियाँले मेडल जितेका राष्ट्रिय र अन्तर्राष्ट्रियकरण खेलाडीहरूलाई पालिकाहरूले केहीन केही योगदान दिनुपर्ने बताए ।

    उनले भने,‘खेलकुद हाम्रो पहिचान र सान हो । बजेटमा अर्ब खर्च हुन्छ । नगरपालिकाभित्रका सबै स्तरका खेलाडीको सम्मानका लागि २—३ करोड छुट्याइदिनु भयो भने खेलाडीको पनि सम्मान हुने छ ।’ स्वास्थ्य र राष्ट्रसँग जोडिएको खेलाडीलाई पालिकाहरुले मासिक तलब दिने निर्णय गर्न उनको आग्रह छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई खेलाडीप्रति सम्मानका लागि गर्न बजेट छुट्याउन उनको सुझाव छ ।

    सभापति बानियाँले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले खेलाडीहरूका लागि बजेट दिएर विशेष योगदान गरेको बताए ।सभापति बानियाँले ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले खेलकुदको क्षेत्रमा विशेष योगदान गरेको बताए ।उनले विनोद महर्जनको अध्यक्षको पद सम्पन्न हुन लागेको बताउँदै अध्यक्षमा पुनः नियुक्तिका लागि आफूले पहल गर्ने बताए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय