आम्दानीमा वृद्धि हुँदा सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन १ अर्ब ८८ करोड ७६ लाख रुपैयाँबाट सामान्य बढेर एक अर्ब ९७ करोड १८ लाख रुपैयाँ पुगेको छ । तर, कर्मचारी खर्च एक अर्ब ८५ करोड ९३ लाखबाट बढेर दुई अर्ब ४९ करोड २४ लाख पुगेको छ ।यस्तै अन्य सञ्चालन खर्च ७८ करोड २० लाखबाट बढेर ८९ करोड ४० लाख पुगेको छ । जसले बैंकको सञ्चालन नाफा र नाफा घटेको हो ।पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा ४ अर्ब ८६ करोड १८ लाख रुपैयाँबाट ६.१८ प्रतिशतले घटेर चार अर्ब ५६ करोड ११ लाख रुपैयाँमा झरेको छ ।
नाफा घटेको बैंकले एक अर्ब ४ करोड ९० लाख रुपैयाँ बयाज उठाउन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा ९६ करोड ९५ लाख वितरणयोगय मुनाफा आर्जन गरेकोमा गत आवको मुनाफाबाट लाभांश वितरणपछिकेा सञ्चित नाफासहित एक अर्ब ८ करोड ७९ लाख रुपैयाँ वितरणयोग्य मुनापा रहेको छ ।चालु आर्थिक वर्षमा बैंकको निक्षेप र कर्जा दुवैमा सुधार भएको छ । असार मसान्तमा तीन खर्ब ९६ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ रहेको बैंकको कुल निक्षेप पुस मसान्तमा आउँदा बढेर चार खर्ब २८ अर्ब ८३ करोड ५ लाख पुगेको छ ।यस्तै बैंकको कर्जा तीन खर्ब ३१ अर्ब १२ करोड ३१ लाख रुपैयाँबाट तीन खर्ब ६२ अर्ब ८७ करोड ६० लाख रुपैयाँ पुगेको छ ।नाफा घटेसँगै प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसाबाट घटेर २३ रुपैयाँ ७४ पैसा झरेको छ ।
प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा र मूल्य आम्दनी अनुपात २०.८३ गुणा रहेको छ ।यस्तै बैंकको पुँजीकोष १२.५३ प्रतिशतबाट ११.५४ प्रतिशतमा झरेको छ । निष्कृय कर्जा अनुपात १.४६ प्रतिशतबाट २.४० प्रतिशतमा झरेको छ ।पुसमा बैंकको सीडी रेसियो ८४.९५ प्रतिशत, आधार दर ९.०७ प्रतिशत र औसत स्प्रेड दर ४ प्रतिशत रहेको छ ।