logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सोमबार घटेको पेट्रोलिएम पदार्थको नयाँ मूल्य आजदेखि लागु

सोमबार घटेको पेट्रोलिएम पदार्थको नयाँ मूल्य आजदेखि लागु


  • मंगलबार, माघ २ २०८०

  • काठमाडौं- नेपाल आयल निगमले सोमबारदेखि घटाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य आज मंगलबारदेखि लागु भएको छ।निगमले सोमबार एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समान १/१ रुपैयाँले घटाएको हो।जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ।

    त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ।भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय