logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु

बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु


  • शनिबार, पुष २८ २०८०

  • काठमाडौँ । बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र  चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

    दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय