logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

दाङ बस दुर्घटनाः मृत्यु हुनेको संख्या १२ पुग्यो

दाङ बस दुर्घटनाः मृत्यु हुनेको संख्या १२ पुग्यो


  • शनिबार, पुष २८ २०८०

  • बुटवल । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या १२ पुगेको छ । शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो ।

    दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्ल जानकारी दिए । घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरएको छ ।

    दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

    घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय