logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोशीको सभामुखद्वारा पार्टीबाट अलग भएको घोषणा

कोशीको सभामुखद्वारा पार्टीबाट अलग भएको घोषणा


  • बिहिबार, पुष २६ २०८०

  • काठमाडौँ । कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले पार्टीबाट राजीनामा दिएका छन् । पुस २४ गते प्रदेश सभामुखमा निर्वाचित भएसँगै उनले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

    ‘म झापा गौराहद–७ निवासी अम्बर बहादुर विष्ट राप्रपाको स्थापनाकालदेखि नै सदस्य भई हाल पार्टीको केन्द्रीय सदस्यको रूपमा रहिरहेको अवस्थामा पार्टीले कोशी प्रदेश सभाको सदस्यको रूपमा निर्वाचित गराएकोमा हार्दिक आभार व्यक्त गर्दछु । मिति २०८०।०९।२४ गते कोशी प्रदेश सभाले मलाई सभामुखको रूपमा निर्वाचित गराएकोले पदीय मर्यादा कायम राख्दै सो पदमा रहुन्जेल पार्टीको कुनै पनि पदमा बस्न नमिल्ने भएकोले पार्टीको सबै पदीय जिम्मेवारीबाट अलग रहेको ब्यहोरा निवेदन गर्दछु’, उनले पार्टी केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा भनिएको छ ।

    राप्रपाभित्र कोशीमा विष्ट सभामुख भएको विषयले विवाद समेत उत्पन्न भएको छ । निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले कोशीको सभामुखबाट फिर्ता हुन मातहतको कमिटीमा निर्देशन दिए पनि पत्र पुग्नुअघि नै पुस २४ मा विष्ट सभामुख चुनिइसकेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय