logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोसीमा नवनिर्वाचित सभामुखलाई मुख्यमन्त्रीले दिए बधाई

कोसीमा नवनिर्वाचित सभामुखलाई मुख्यमन्त्रीले दिए बधाई


  • मंगलबार, पुष २४ २०८०

  • काठमाडौँ । कोसी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टलाई मुख्यमन्त्री केदार बहादुर कार्कीले बधाई दिएका छन्।राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य विष्ट मंगलबार निर्विरोध सभामुख चयन भएपछि मुख्यमन्त्री कार्कीले पुष्पगुच्छासहित बधाई दिएका हुन्।विराटनगरस्थित प्रदेश सभामा सभा सञ्चालन गरेकी उपसभामुख सृजना दनुवारले विष्ट सभामुखमा चयन भएको घोषणा गरेकी थिइन् ।

    विगत पाँच महिनादेखि रिक्त रहेको सभामुखका लागि प्रदेशका मुख्यमन्त्री केदार कार्की, नेकपा एमाले, गठबन्धन दलबीचको सहमति र प्रयासले बिष्टको चयन भएको हो।बिष्टलाई सभामुख चयन गरेसँगै मुख्यमन्त्री कार्कीले कोसी प्रदेशमा दलबीच आन्तरिक मनमुटावभन्दा पनि सहकार्य र एकता रहेको सन्देश प्रवाह गर्न सफल भएको बताए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय