logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य

तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य


  • सोमबार, पुष २३ २०८०

  • काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय