logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

हिमाल कडरियाको निर्माण रहने फिल्म ‘गाउँ नै रमाइलो’ मा मिरुनाको इन्ट्री

हिमाल कडरियाको निर्माण रहने फिल्म ‘गाउँ नै रमाइलो’ मा मिरुनाको इन्ट्री


  • शनिबार, पुष २१ २०८०

  • काठमाडौंँ  । हिमाल कडरियाको निर्माण रहने फिल्म ‘गाउँ नै रमाइलो’ मा नायिका मिरुना मगरको इन्ट्री भएको छ । निर्माता कडरियाले नायिका मिरुना मगरसँग फिल्मका लागि कागजी सम्झौता भएको जानकारी दिए । यसअघि फिल्मका लागि नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई फाइनल भएका थिए । मिरुना कसको जोडीमा देखिन लागेकी हुन् भन्ने खुलेको छैन । फिल्ममा बुद्धि तामाङ पनि रहनेछन् । फिल्मका अन्य केही लिड कलाकार फाइनल गर्न बाँकी रहेको निर्माता कडरियाले जानकारी दिए ।

    दिनेश राउतले निर्देशन गर्ने फिल्म नयाँ वर्षको दशैंमा रिलिज हुनेछ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले गाउँको रोचक कथालाई प्रस्तुत गर्नेछ । निर्माता कडरियाले यस अगाडि फिल्म ‘नाङ्गो गाउँ’ बनाएका थिए । कडियाले ‘नाङ्गो गाउँ २’ र ‘दुःखी आत्मा’ फिल्म पनि निर्माण घोषणा गरेका छन् । फिल्म ‘गाउँ नै रमाइलो’ लाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ । ओभरसिजमा भने यो फिल्मलाई एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय