logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

‘ओशो सन्यासी’ बनेकी नम्रता योग शिक्षकको रुपमा स्नातक उत्तीर्ण

‘ओशो सन्यासी’ बनेकी नम्रता योग शिक्षकको रुपमा स्नातक उत्तीर्ण


  • शुक्रबार, पुष २० २०८०

  • काठमाडौँ ।ओशो सन्यासी बनेको डेढ वर्षपछि अभिनेत्री नम्रता सापकोटाले भारतको केरलाबाट योग शिक्षकको रुपमा स्नातक (ग्राजुएसन) उत्तीर्ण गरेकी छन् । त्यहाँको शिवानन्द धन्वन्तरी आश्रममा उनले योग सिकेकी छिन् ।

    सामाजिक सञ्जालबाट उनले आफू योग टिचरको रुपमा ग्राजुएट भएको फोटो सार्वजनिक गरेकी छन् । उनी यतिबेला भारतको गोवामा रमाइरहेकी छन् । समुन्द्री तटमा योग गरिरहेकोदेखि सूर्यास्तमा रमाइरहेको उनको फोटो आकर्षक देखिन्छ ।

    एक तस्वीरमा उनी ध्यानमग्न मुद्रामा योग गरिरहेकी छिन् । केही समयदेखि लगातार उनले दक्षिण भारतका विभिन्न ठाउँमा हट र आकर्षक फोटो सार्वजनिक गरिरहेकी छिन् ।कामको कुरा गर्दा नम्रता अभिनित फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय