logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भेषभुषा वा समुदायलाई लक्षित गरी गिरफ्तार गर्नु मौलिक हकमाथि प्रहार: मधेसी आयोग

भेषभुषा वा समुदायलाई लक्षित गरी गिरफ्तार गर्नु मौलिक हकमाथि प्रहार: मधेसी आयोग


  • बुधबार, पुष १८ २०८०

  • काठमाडौं- मधेसी आयाेगले कुनै विशेष भेषभुषा, रंगरूप, भाषा वा समुदायलाई लक्षित गरी धडपकड वा गिरफ्तार गरी कारवाही गर्नु मौलिक हकको विपरित कार्य रहेको जनाएकाे छ।आयोगकी निमित्त सचिव सविता डंगोलले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको भाग(३ को धारा(१७, १८ र ३२ ले नेपाली नागरिक र समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सभ्यताको संरक्षण र सम्बर्धन गर्ने हक प्रदान गरेको र सो हकको पूर्णत्स् उपभोग गर्ने वातावरण सृजना गर्ने राज्यको कर्तव्य रहेको उल्लेख छ।

    आयोगले सो प्रेस विज्ञप्तिमार्फत संविधान प्रदत्त मौलिक हकको वेरोक(टोक र निर्वाधरुपमा नागरिकलाई उपयोग तथा उपभोग गर्न दिनको लागि सरकारलाई ध्यानकर्षण समेत गराएको छ।आयोगका अध्यक्ष डा।विजयकुमार दत्तले मधेशी समुदाय भएकै कारणले आफ्नो संस्कृतिको संरक्षण गर्न नपाउनु र संरक्षण तथा सम्बर्धन लक्षित कार्य गर्दा समय समयमा राज्यले धरपकड गरी कारवाही गर्नुले मधेशी समुदायप्रति सरकारको नियतलाई प्रस्ट पारेको बताए।अध्यक्ष डा।दत्तले मधेसी समुदायप्रति राज्य संवेदनशील भए मात्र राज्यको विकाश द्रुत गतिमा अगाडि बढ्ने समेत बताएका छन्।

    राष्ट्रिय धोती दिवस मनाउने क्रममा सोमबार प्रहरीले जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतसहित दुई दर्जन बढीलाई नियन्त्रणमा लिएको थियो। सोही कुरालाई लिएर आयोगले आपत्ति जनाएको हो।सिके राउतसहितको टोली बबरमहलबाट माइतीघर मण्डलातिर जान खोज्दा प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो।


    सम्बन्धित समाचार थप

    लोकप्रिय