logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

झडपले तनावग्रस्त बनेको नौबस्ता बाल सुधारगृह प्रहरीको नियन्त्रणमा

झडपले तनावग्रस्त बनेको नौबस्ता बाल सुधारगृह प्रहरीको नियन्त्रणमा


  • सोमबार, पुष १६ २०८०

  • काठमाडौँ । आपसी झडपले अशान्त बनेको बाँकेको नौबस्तास्थित बाल सुधार गृह प्रहरीको नियन्त्रणमा आएको छ।बाल सुधार गृहमा आइतबार दिउँसोदेखि झडपसँगै तोडफोड भएपछि स्थिति प्रहरी नियन्त्रण बाहिर गएको थियो।

    आक्रोशित बालबन्दीले कसैलाई भित्र जान दिएका थिएनन् भने सरकारी सवारीसमेत तोडफोड गरेका थिए।बालबन्दीलाई वार्तामा ल्याएर स्थितिलाई शान्त बनाउन नेपालगञ्जबाट प्रमुख जिल्ला अधिकारीसँगै सुरक्षा निकायका प्रमुखहरु नौबस्ता पुगेका छन्।बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बाल सुधार गृह प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिए।

    ‘अहिले स्थिति शान्त छ। स्थिति हाम्रो नियन्त्रणमा छ,’ प्रवक्ता डीएसपी डाँगीले भने।नौबस्ता बाल सुधार गृहमा १ सय १६ जना बालबन्दी रहेका छन्। बाँकेलगायत विभिन्न ठाउँबाट ल्याइएका उनीहरु सबै १८ वर्षमाथिका छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय